Ad imageAd image

‘भगवानलाई अनुभवका माध्यमाबाट मात्र प्राप्त गर्न सकिन्छ’

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । अन्तर्राष्ट्रिय युवा आध्यात्मिक व्यक्तित्व विभुजी महाराजले भगवानलाई शब्द व्यक्त गर्न तथा आँखाले देख्न नसकिने, यसलाई अनुभवका माध्यमाबाट मात्र प्राप्त गर्न सकिने बताएका छन् ।


बुधबार महाशिवरात्रीको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले काठमाडौंको गौशालामा आयोजना गरेको महाशिवरात्री महोत्सव २०८१ कार्यक्रम, बोल्दै विभुजीले यस्तो बताएका हुन् ।


उनले संसारिक कर्म काण्ड मात्र गर्दै भगवानलाई प्राप्त गर्ने कामना गरिरहने तर मनमा अनेक कुरा खेलाइरहेको कारण भगवानको दर्शन सम्भव नभएको कुरामा जोड दिए । उनले भने,‘भगवानलाई भेट्टाउने हो भने मनलाई आफ्नो अधिनमा राख्न सक्नुुपर्छ । मनलाई बाहिरी कुराबाट फर्काएर आफुमा केन्द्रित गर्ने हो भने आफूले आफूलाई चिन्न सकिन्छ । आफूभित्र केन्द्रित हुने वित्तिकै हामीलाई सत्यको बोध हुन थाल्छ । यहि नै शान्तिको मुख्य स्रोत हो ।’


कार्यक्रममा बोल्दै नेपाल मानव धर्म सेवा समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले शिवरात्रीले हामीलाई अन्धकार रुपी मोहलाई हटाएर ज्योतीको ध्यान गर्न प्रेरणा दिएको बताए छ । साथै हरेक सत्र्कम गर्न गुरु कृपा चाहिने भएकाले गुरु कृपाको भागिदार बन्न सबैलाई प्रेरणा पनि दिए ।

- Advertisement -
Ad imageAd image


उनले भने,‘मनमा अभिमान बोकेर सत्र्कम गर्न सकिदैन । यसका लागि आफूमा भएका नकारात्मक कुराहरुलाई हटाउदै जानुपर्छ ।’
कार्यक्रममा बोल्दै समितिकी अर्की महात्मा त्रिगुणा वाईजीले भगवानले मनुष्यलाई उच्च कोटीको दर्जा दिएको तर मनुष्यले भने आफ्नो भुमिका सहि तरिकाले पुरा गर्न नसकेको बताइन् । उनका अनुसार श्रृष्टिको सरताजको रुपमा रहेका मानिस एक आपसमा स्वार्थी बनेका तथा भोग विलासमा मात्र जीवनलाई केन्द्रित गरेका कारण श्रृष्टि नै विनास हुदै गइरहेको छ ।


समितिले आयोजना गरेको शिवरात्री महोत्सव कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका भक्तजनहरुका साथै भारतका भक्तजनहरु पनि सहभागि भएका थिए । कार्यक्रममा भजन, नाटक, नृत्य तथा विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
66%
शुक्र
27 °C
शनि
30 °C
आइत
32 °C
सोम
32 °C
मंगल
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ