Ad imageAd image

उच्चस्तरीय समितिको वेबसाइट सुरक्षित छ, ढुक्क भएर सदस्य बनौँ : एनआरएनए इटाली

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं ।   गैरआवासीय नेपाली सङ्घ (एनआरएन) इटालीका अध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउन एनआरएनए उच्चस्तरीय समितिले खोलेको वेबसाइटमा गएर ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन् ।

सर्वोच्च अदालतको पटक पटकको निर्देशन अवज्ञा गर्दै  बद्री केसी पक्षले  सदस्यता सूचना प्रणाली (एमआइएस) मा पहुँच नदिएपछि उच्चस्तरीय समितिले  आफ्नै  वेबसाइट खोलेर निःशुल्क सदस्यता वितरण सुरु गरेको छ । 

‘अहिलेको एमआइएस प्रणालीमा फेस भेरिफिकेशन जस्ता प्रावधानहरू राखिएको थियो।  तर उच्चस्तरीय समितिले  बनाएको  वेबसाइट एकदमै सुरक्षित छ र आफ्नो परिचय तथा  विदेशमा कम्तीमा दुई वर्ष बसेको प्रमाण खुलेको दस्ताबेज राखेर निवेदन दिन सकिन्छ,’ इटालीको मिलान सहरमा डेटा वैज्ञानिकको रूपमा कार्यरत सिंहले भने ।

‘हामी एमआइएस प्रणालीमा आबद्ध छैनौँ।  त्यसैले एनआरएनए इटालीले इटालीमा रहनु भएका सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको वेबसाइटमा गएर  सदस्य बन्न वा आफ्नो सदस्यता नवीकरण गर्न आह्वान गरेका छौँ,’ सिंहले भने।  उनले हाल उच्चस्तरीय समितिको वेबसाइटमा अपलोड गरिएको डेटा आगामी मे महिनामा महाधिवेशन सम्पन्न भए पछि सुरक्षित रूपमा एमआइएस प्रणालीमै मर्ज गरिने पनि जनाए।

- Advertisement -
Ad imageAd image

एनआरएनए उच्चस्तरीय समितिका सदस्य तथा एनसीसी समन्वय उपसमितिका संयोजक विनोद कुँवरले पनि सबै एनसीसीहरुलाई उच्चस्तरीय समितिले बनाएको वेबसाइटमा गएर सदस्य बन्न वा सदस्यता नवीकरण गर्न सहजीकरण गरी दिन आग्रह गरेका छन्।  ‘हाम्रो वेबसाइटमा अपलोड गरिएको सबै कागजातको गोपनीयताको जिम्मा हामी लिन्छौँ।  ती कागजातको विवरण कानुन अनुसार गोप्य रहने छन्,’ उनले भने।   उनले संसारभरिका सबै एनआरएनहरूलाई ढुक्क भएर  ३१ मार्च २०२५ भित्र सदस्यता लिन तथा नवीकरण गर्न  अपिल पनि गरेका छन्।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
mist
20° _ 20°
83%
2 km/h
मंगल
25 °C
बुध
28 °C
बिहि
25 °C
शुक्र
17 °C
शनि
19 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ