Ad imageAd image

खोलाको किनारमा महिलाको शव फेला, पहिचान खुलेन्

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रौतहट । रौतहटको मनुसमारा खोलाको किनारमा फेला परेको शव पहिचान खुलेको छैन ।

राजदेवी नगरपालिका–६ स्थित मनुसमारा खोलाको पूर्वी किनारमा शुक्रवार बिहान करिब ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

मृतकको खुट्टा पानीमा डुबेको र शरीरको अन्य भाग बाहिर रहेको अवस्थामा देखिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको  थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायका अनुसार महिलाको शवबाट पहिचान खुल्ने कागज फेला नपरेकाले नाम, थर र ठेगाना नखुलेको हो ।

- Advertisement -
Ad imageAd image

महिलाको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । यस घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको र शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
broken clouds
25° _ 25°
57%
3 km/h
शनि
25 °C
आइत
28 °C
सोम
28 °C
मंगल
28 °C
बुध
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ