दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ ।

प्रसाईले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौंको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

प्रसाईले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि भुसालले झुटा सूचना प्रवाह र अदालतको मानहानीसम्बन्धी उजुरी दिएका छन् ।

उनको निवेदनमा लेखिएको छ ‘टिकटकमार्फत नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने पूर्ण रूपमा झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएका छन्। यस किसिमको गलत सूचना सार्वजनिक रूपमा प्रसारण गर्नु पुर्णरुपमा कानुन विपरित र सम्मानित सर्वोच्च अदालतले मिति २०८० आषाढ १२ गते यौनिक तथा लैङ्गिक अल्पसंख्यक ब्यक्तीहरुको विवाह दर्ता गरिदिनु भनि सरकारको नाममा दिएको आदेशलाई लिएर अदालतको अपमान÷अवहेलना समेत हो ।’

उनले अदालतको आदेशप्रति अपमानजनक अभिव्यक्ति दिएका भन्दै निवेदनमा विभिन्न माग समेत राखेका छन् ।

केही दिनअघि सोही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका हुन् । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ ।

मागहरु M  

१. श्री दुर्गा प्रसाईविरुद्ध कानुनी अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाइयोस्।

२. भ्रामक अभिव्यक्ति हटाउन तथा सार्वजनिक रूपमा माफि माग्न लगाइयोस्।

३. भविष्यमा यस्ता गलत सूचना प्रवाह नगर्न सचेत गराइयोस्।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
thunderstorm
17° _ 17°
55%
9 km/h
मंगल
21 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ