दुर्गम गाउँमा स्वास्थ्य शिविर, ६ सय ६९ जनाको स्वास्थ्य परिक्षण

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

सुर्खेत । कालिकोट जिल्लाको महाबै गाएँपालिकामा बिशेषज्ञ स्वास्थ्य सेवासहितको दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

विहीबार र शुक्रबार सञ्चालन भएको स्वास्थ्य शिविरमा ६ सय ६९ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

स्वास्थ्य सेवा कार्यालय कालीकोट, महावै गाउँपालिका स्वास्थ्य शाखा, महावै आधारभूत अस्पताल, ओदा फाउन्डेसन र प्रदिया फाउन्डेसनको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा जिल्ला अस्पतालका प्रमूख डा. भिष्मप्रसाद पोख्रेलसहितको स्वास्थ्यकर्मी खटिएका थिए । शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा मातृ स्वास्थ्य, बालरोग, सामान्य शल्यक्रिया, परिवार नियोजन र निदानात्मक सेवा लगायतका विविध स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

नागरिकको स्वास्थ्य सेवा र पहुँच विस्तारलाई पहिलो प्राथमिकतामा राखेर पहिलो गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘गाउँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन सकुन् भनेर शिविर सञ्चालन गरिएको हो’ उनले भने, ‘त्यसैले दुर्गम गाउँमा आएर शिविर सञ्चालन गरेका हौँ ।’

सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
8°C
Kathmandu
few clouds
8° _ 8°
100%
2 km/h
सोम
19 °C
मंगल
20 °C
बुध
20 °C
बिहि
20 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ