संविधान कार्यान्वयन र समाज विकासमा बजेट नीतिको भूमिका महत्वपूर्ण  : सन्तोष परियार

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई संविधान कार्यान्वयनको बलियो हतियारका रूपमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको १५५ बुँदे नीति तथा कार्यक्रममाथि धारणा राख्दै परियारले वर्तमान राजनीतिक व्यवस्थाप्रति जनविश्वास निर्माण गर्नु आजको आवश्यकता रहेको बताएका हुन् ।

उनले भने, ‘बजेटलाई आर्थिक कार्यक्रमहरुमा हामीले संविधान कार्यान्वयन गर्ने एउटा बलियो हतियारको रुपमा प्रयोग गर्न सक्नुपर्छ । संविधानमा जनताका अधिकारहरुलाई सुनिश्चित त गर्यौं तर त्यसको कार्यान्वयन गर्ने भनेको अर्थिक पाटोबाट हो । जनताको मौलिक अधिकार जुन हामीले संविधानमा व्यवस्था गरेका छौं । त्यसको कार्यान्वयन गराउनका लागि हरेक आर्थिक वर्षको आर्थिक कार्यक्रमले महत्वपूर्ण  भूमिका खेल्छ । यो संविधान कार्यान्वयन गर्न पनि यो बजेटले यो नीति तथा कार्यक्रमले ति कार्यक्रमहरु ल्याउनुपर्छ ।’

साथै उनले भौतिक मात्र नभई सामाजिक विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । ‘हामीले समाजको विकास गर्नुपर्छ । व्यक्तिको चिन्तन र संस्कारको विकास गर्नुपर्छ,’ उनले भने, ‘लोकतन्त्र पनि आफैंमा विकास हुँदै जाने एउटा सर्वोच्च राजनीतिक प्रणाली हो ।’

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
67%
मंगल
14 °C
बुध
22 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ