विज्ञापन बोर्डका अध्यक्ष हुमागांईलेगरे पदभार ग्रहण, विज्ञापन बजारलाई लयमा फर्काउने

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास, विस्तार गर्ने काम दोस्रो कार्यकालको प्राथमिकतामा रहेको बताएका छन् ।

सोमबार आफ्नो पदभार ग्रहण गर्दै उनले अहिले मुख्य चुनौती विज्ञापन बजारको घट्दो क्रम रहेको भन्दै सबै सरोकारवालाहरुको सहयोग जुटाएर विज्ञापन बजारलाई पुनःलयमा ल्याउने काम प्राथमिकतामा रहेको बताए ।

उनले भने, ‘अहिले मुख्य चुनौतीको रुपमा रहेको विज्ञापन बजारको घट्दो क्रम हो । यो विज्ञापन बजारलाई पुरानो लयमा फर्काउने र विज्ञापन बजारको विकास र विस्तार गर्ने जसले आम सञ्चार माध्यमहरुको लागि भर गर्न सकुन । यो अहिलेको लागि सबैभन्दा चुनौतीपूर्ण अवस्था हो । यसमा सबै सरोकारवालाहरुको सहयोग जुटाएर विज्ञापन बजारलाई पुनःलयमा ल्याउने र खासगरि विज्ञापनदाताहरुलाई आत्मविश्वासिलो बनाउने र सामाजिक सञ्जालमा भइरहेको प्रवाहलाई विस्तारै मुख्य मिडियामा ल्याउने लगायतका कामहरु हामीले गर्नुपर्नेछ । त्यो कामका लागि मेरो दोस्रो कार्यकालको प्राथमिकताको क्षेत्र हुन्छ ।’

यस्तै, उनले जति सक्यो छिटो राष्ट्रिय नीतिलाई जारी गरेर विज्ञापन नियमन गर्ने ऐनलाई संशोधन गर्ने काममा पनि लाग्ने बताए ।

उनले भने, ‘विज्ञापनको नियमनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहको सहभागिता आवश्यक हुन्छ त्यो काम हामीले अगाडि बढाउनु पर्नेछ र त्यसका लागि पनि नमूना कानुनहरु बनायौं । विज्ञापनको परीक्षणको काम सुरु गर्यौ र हामीले सुरु गरेको तर कार्यान्वयन हुन नसकेको राष्ट्रिय विज्ञापन नीति हो । जति सक्यो छिटो राष्ट्रिय नीतिलाई जारी गर्छौ । त्यसपछि विज्ञापन नियमन गर्ने ऐनलाई संशोधन गर्छौ ।’

पहिलो कार्यकालमा नीति नियमहरु बनाउने, आचासंहित निर्माण, विज्ञापन नियमावली संशोधन र विज्ञापन बजारलाई पारदर्शि बनाउने काम गरेको पनि उनले सुनाए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
few clouds
19° _ 19°
42%
2 km/h
बिहि
21 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ