Ad imageAd image

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

थाइल्याण्ड नेपाल डटकम
3 मिनेटमा पढ्न सकिने
3 मिनेटमा पढ्न सकिने

काठमाडौं । इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने प्राथमिक उपचारले बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।

जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउने र त्यसपछि छिटोभन्दा छिटो सही प्राथमिक उपचार गर्नुपर्ने उनी बताउँछन् । 

उनका अनुसार शरीरमा आगोको लप्का लागेको अवस्थामा व्यक्ति एक्लै छ भने भुइँमा ढलेर लडिबुडी गर्ने (स्टप, ड्रप एन्ड रोल) विधिबाट आगो निभाउन सकिन्छ । यो जलनमा आगो निभाउने विश्वव्यापी रूपमा प्रयोग हुने प्रभावकारी विधि हो।

त्यस्तै, आगो निभाउनका लागि बाक्लो कपडा, जुटको सामग्री वा सजिलै आगो नलाग्ने ब्ल्यांकेटलाई पानीमा भिजाएर प्रयोग गर्न सकिने उनले बताए। तर आगो निभाउने क्रममा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।

- Advertisement -
Ad imageAd image

डा. धितालका अनुसार आगो निभाइसकेपछि बिरामी सामान्य अवस्थामा छ भने जलेको भागमा करिब ३० मिनेटसम्म बगिरहेको सामान्य तापक्रमको पानी हाल्नुपर्छ । फ्रिजको चिसो वा तातो पानी प्रयोग गर्न नहुने उनले बताए।

‘जलेको भागलाई पानीमा डुबाउने होइन, माथिबाट पानी बगाउने हो । यदि धारा उपलब्ध छैन भने तल भाँडा राखेर माथिबाट पानी हाल्न सकिन्छ,’ उनले भने।

उनका अनुसार जलनपछि जलेर शरीरमा टाँसिएका कपडा जबरजस्ती निकाल्नु हुँदैन। त्यसो गर्दा छाला थप च्यातिने र घाउ गहिरो हुन सक्ने जोखिम हुन्छ ।

जलनपछि बिरामी सचेत छ र खान सक्ने अवस्थामा छ भने विस्तारै पानी खुवाउनुपर्ने पनि उनले बताए । जलन हुँदा शरीरबाट पानीको मात्रा घट्दै जाने भएकाले शरीरमा तरल पदार्थको कमी हुन सक्ने उनको भनाइ छ ।

‘छाला हाम्रो शरीरको सुरक्षा कवच हो । घरको छतले जसरी बाहिरी असरबाट जोगाउँछ, त्यसैगरी छालाले शरीरभित्रको पानी र तरल पदार्थलाई जोगाएर राख्छ । जलनपछि छाला नष्ट हुँदा शरीरबाट पानीको मात्रा घट्न थाल्छ,’ डा. धितालले भने । 

उनका अनुसार प्राथमिक उपचारपछि जलेको भागलाई सफा कपडाले छोपेर सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा अस्पताल लैजानुपर्छ । बिरामी खान सक्ने अवस्थामा छ भने बाटोमा पनि पानी खुवाउँदै लैजान सकिन्छ ।

तर बिरामीको अवस्था गम्भीर छ, बेहोस छ वा खान सक्ने अवस्थामा छैन भने ढिला नगरी स्वास्थ्य संस्थामा पु¥याउनुपर्ने उनले बताए ।

‘यी सामान्य फस्र्ट एडका उपाय हुन् । गम्भीर जलन भएको अवस्थामा चिकित्सकीय उपचार नै आवश्यक हुन्छ,’ डा. धितालले बताए । तर नेपालमा जलनबारे पर्याप्त जनचेतनाको अभाव र प्राथमिक उपचारमा कमजोरी हुने गरेका छन् । 

बिहीबारको गणेश नेपालीको घटनामा पनि अज्ञानताका कारण जलनपछि अपनाउनुपर्ने आधारभूत प्राथमिक उपचारका उपायहरू प्रयोग हुन नसकेको देखिन्छ। 

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
92%
1 km/h
शुक्र
23 °C
शनि
25 °C
आइत
23 °C
सोम
23 °C
मंगल
22 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ