Ad imageAd image

गायक राजु लामा जब कारागारमा गीत सुनाउन पुगे

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

सुर्खेत । भूकम्प प्रभावित क्षेत्रमा पुगेका गायक राजु लामा बिहीबार वीरेन्द्रनगरमा आए । त्यही अवसरमा प्रदेश प्रहरी कार्यालयले एउटा कार्यक्रम ग¥यो–कैदीबन्दीहरुलाई गायक लामाको गायन प्रस्तुति राख्ने । सुर्खेत कारागारमा यति बेला ३३१ पुरुष, ३४ महिला र दुई जना आश्रित गरी ३६५ कैदी बन्दी रहेका छन् ।

उक्त कारागारमा दिउँसो १२ः३० बजेदेखि करिब एक घण्टाको समय गायक लामाले कैदीबन्दीहरुलाई आफ्ना चर्चित गीतहरू सुनाए । ‘तिमीलाई देखेर, हल्ला चलेछ, पर्खाइमा, झरनाको चिसो पानी, ऋतुहरूमा तिमी, उभों–उभों खासा समेत लगायतका दर्जनौँ गीतहरू लामाले सुनाएका थिए । साथै लामाले बिचबिचमा कदीबन्दीहरुलाई सुधार भएर समाजमा स्थापित हुन सल्लाह समेत दिन्थे ।

कैदीबन्दीहरुले लामाको प्रस्तुतिमा निकै रमाए । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकाल, नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख प्रहरी उपरीक्षक राम प्रकाश शाह, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र सिंह, कारागार प्रशासक अधिकृत लक्ष्मी खरेल पनि सहभागी थिए ।

डिआइजी ढकालले कारागारमा रहेका कैदी बन्दीहरूको जीवनयापनमा सुधार हुनुका साथै मनोरञ्जन प्राप्त भई उत्प्रेरणा समेत मिलोस् भनेर उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

- Advertisement -
Ad imageAd image

कर्णालीमा कैदी बन्दीहरूलाई रूपान्तरणका लागि कारागारमा किताब अभियानदेखि विभिन्न खालका कार्यक्रमहरू समेत गर्ने गरिएको छ । सोही अवसरमा सामाजिक विकास मन्त्रालयबाट प्राप्त ३२६ थान र अन्य विभिन्न निकाय तथा सङ्घ संस्थाहरूबाट प्राप्त २०२ थान गरी ५२८ थान पुस्तकहरू कर्णाली प्रदेश अन्तर्गत रहेका कारागारहरूमा वितरण गर्ने अभिप्रायले उक्त पुस्तकहरू हस्तान्तरण गरिएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
scattered clouds
18° _ 18°
65%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ