प्रमुख प्रशासकीय अधिकृतले श्रीमतीलाई गाउँपालिकाको सहजकर्ता छनौट गरेपछि विरोध सुरु, अध्यक्ष विष्टले भने, विधी मिचेका छैनौं

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । रुकुम पश्चिमको सानी भेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले श्रीमतीलाई गाउँपालिका सहजकर्ता छनौट गरेपछि अलोचना सुरुभएको छ । स्वस्थ प्रतिस्पर्धा विनै पदीय उपयोगगरि श्रीमतीलाई सहजकर्ता छनौट गरेको विषयमा अहिले चर्काे आलोचना भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख बुढाथोकीले गाउँपालिकाको सामुदायिक सहजकर्ता पद पाँचौ तहमा श्रीमती शुशिला ओली बुढाथोकीलाई छनौट गरेका हुन । सो पदकालागि हिजो भएको लिखित तथा मौखिक परिक्षामा प्रमुख प्रशासशीय अधिकृत बुढाथोकी श्रीमती शुशिला र कल्पना भण्डारी छनौट भएका छन् ।

एक जनालाई भने वैकल्पीकमा छनौट गरिएको छ । कुनै विज्ञापन तथा सूचना विनै गाउँपालिकाले कर्मचारी भर्ना गरिएको भन्दै अहिले विरोध भइरहेको छ ।

नतिजामा भनिएको छनौटमा सफल भएका उम्मेदवारले सातदिन भित्र ओरेक नेपालको कार्यालयमा सम्पर्क गर्नुहोला । सानीभेरी गाउँपालिका र ओरेक नेपालको साझेदारीमा गाउँपालिकमा हिंसा तथा विपद प्रभावितहरुको लागि महिलामैत्री स्थलमा कार्यगर्ने गरि सहजकर्ता नियुक्ती गरिएको छ ।

यसैबीच, गाउँपालिका अध्यक्ष बिर्ख बहादुर विष्टले गाउँपालिकाले सामाजिक सहकर्ता विधी र प्रक्रिया पुर्याइँ नियुक्त गरेको बताउनुभएको छ । थाइल्याण्ड नेपालसँग कुरा गर्दै अध्यक्ष बिष्टले गाउँपालिकाले अन्य संस्थासँगको आर्थिक सहयोगमा सहजकर्ता नियुक्त गरेकाले यसलाई प्रक्रिया विपरित भन्न नमिल्ने तर्क गर्नुभयो । उहाँले आवेदन परेकाहरु मध्यबाटै लिखित र मौखिक दुई विधीबाट कर्मचारी नियुक्त गरिएको उहाँको भनाई छ ।उहाँले अहिले प्रमुख प्रशासकीय अधिकृतले नै श्रीमती भर्ना गरेको भन्ने विषयलाई समाजिक सञ्जालमा गलत प्रचार गरिएको भन्दै परिक्षामा पास भएकालाई नै कर्मचारीका रुपमा नियुक्त गर्न सकिने बताउनुभयो ।

सेयर: 1,701
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
7
+1
2
+1
2
+1
1
+1
19
+1
2
+1
1
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
68%
4 km/h
शनि
20 °C
आइत
25 °C
सोम
26 °C
मंगल
25 °C
बुध
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ