काठमाडौँ — दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको विदेशमा भएको सेयर खरिदबिक्री प्रकरणको छानबिन गर्नका लागि सरकारले गठन गरेको समितिले काम थालेको छ । समितिका संयोजक टंकमणि शर्मा दंगालले आइतबार समितिले काम सुरु गरेको सूचना दिएका छन् । ३० दिनको कार्यादेश प्राप्त गरेको समितिले छानबिनका लागि सार्वजनिक रूपमा सुझाव माग गरेको छ । समितिले अध्ययन तथा छानबिनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघ, संस्था र व्यक्तिहरूसँग समेत आवश्यकता अनुसार छलफल गरी राय सुझाव लिने उल्लेख छ । मंसिर २१ मा गठित समितिले एनसेलको सेयर खरिदबिक्रीको सम्बन्धमा, प्रचलित नेपाल कानुनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असर लगायतका विषयमा अध्ययन तथा छानबिनु को कार्यादेश प्राप्त गरेको छ ।
एनसेल सेयर खरिदबिक्री प्रकरणको छानबिन सुरु

प्रतिक्रिया
ट्रेन्डिङ
‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ सम्पन्न
काठमाडाैं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ भव्य रूपमा…
चीन भ्रमणबाट फर्किए परराष्ट्रमन्त्री शिशिर खनाल, द्विपक्षीय सहयोग विस्तारमा महत्वपूर्ण सहमति
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार…
प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे…
स्क्रिन पछाडिको श्रम : डिजिटल युगमा गम्भीर बन्दै गएको बालश्रम
काठमाडौँ । बालश्रम भन्नासाथ धेरैको दिमागमा अझै पनि इँटाभट्टा, होटल, रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने वा…

