रुकुम पश्चिमका डेभिड मल्ल, जस्ले नेपाल आइडलका जजहरुको मन जिते, दाङ अडिसनबाट छनौट

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । रुकुम पश्चिम चौरजहारीका डेभिड मल्लले नेपाल आइडल सिजन ५ को दाङ अडिसनमा जजहरुको मन जितेका छन् । हेर्दा सामान्य देखिने मल्लको गायकीका विषयमा जजहरुले खुलेरै प्रशंसा गरेका थिए ।

गायन प्रतियोगिताको चर्चीत तथा सबै भन्दा ठुलो ‘शो’ नेपाल आइडल सिजन ५ को पहिलो अडिसन शृखला अहिले एपी वान टिभी मार्फत प्रशारण भइरहेको छ ।


गएराति प्रशारण भएको ‘शो’ मा रुकुम पश्चिम चौरजहारी नगरपालिकाका डेभिड मल्लले दाङमा दिएको अडिसन प्रशारण भएको थियो । उनि जजहरुको मन जित्दै अर्काे राउण्डकालागि छानिएका छन् । उनको डर हटाउन ‘शो’का जजहरुले निकै खुले कुराकानी गरेका थिए ।

आइडलका जज कालीप्रशाद बास्कोटाले तीन जना जजमध्ये को राम्रो ? भन्दै प्रश्न गरेका थिए । उनले सबै राम्रो भएको भन्दै जवाफ दिएका थिए ।

जज कालीले प्रतियोगितामा तीन जना जज मध्ये एक जनाले गीत गाउन लाउने हो भने, कस्लाई रोज्नुहुन्छ भन्दा उनले काली सर,भन्दै रोजेका थिए ।

जजहरुले उनलाई गीत गाउन प्रेणा दिने र उनको डर हटाउन उनिसँग लामो संवाद गरेका हुन । हेर्दा सामान्य देखिने मल्लले पहिलो अडिसनमा स्वरसम्राट नारायण गोपालको गीत गाएका थिए । ‘गल्ती हजार हुन्छन्..’बोलको गीतलाई उनले निकै न्याय पुर्वक निभाएका थिए ।

जजहरुले यो गीत गाउन धेरै मेहनत गर्नुपर्ने भन्दै उनको गायकीलाई तारिफ गरेका थिए । संगीतको ज्ञान भएका गायक जस्तोगरि उनले आफ्नो पहिलो अडिसन दिए । उनले गाउँदै गर्दा जजहरुले प्रशंशा गरेका थिए । उनलाई जजहरुले जाजरकोटःभूकम्पका विषयमा जिज्ञासा राखेका थिए ।

उनले भूकम्पमा के भयो, कस्तो भयो, आफु कहाँ थिए ? लगायतका विषयमा जजहरुलाई सुनाएका थिए । उनको आगामी यात्रा सफल हुने देखिएको छ ।

सेयर: 69
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
27%
6 km/h
सोम
25 °C
मंगल
25 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ