Ad imageAd image

आगलागीबाट घर जलेर नष्ट, बालकको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका –३ होपरीगाडको लामिडेरास्थित एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आज बुधबार स्थानीय रणबीर (रन्बिर) टमटाको पत्थरले छाएको दुई तले घरमा आगो लागेपछि घर जलेर नष्ट भएको स्थानीय बसन्त ठगुन्नाले बताउनुभयो । 

आगलागीमा परेर रन्बिर टमटाका चार महिने छोरा विजयप्रकाश टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एबं प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिनुभयो । विजुली सर्ट भइ आगलागी भएको उहाँले बताउनुभयो । घटनास्थलमा होपरीगाड प्रहरी चौकीबाट उद्धारका लागि प्रहरी टोली खटेको उहाँले बताउनुभयो । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
drizzle
18° _ 18°
100%
2 km/h
सोम
24 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
23 °C
शुक्र
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ