Ad imageAd image

भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्कियो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । भोजपुरमा निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका-२ कुदाकाउले र साल्पासिलिछो गाउँपालिका-३ चौकिडाडाँ जोड्ने इर्खुवास्थित तामुटार खोलामा बन्दै गरेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको हो ।

खोलालाई थुनेर माटो भरेको ठाउँमा पिलर अड्याएर फर्मामाथि रड राख्ने काम जारी थियो । एक्कासि रडको लोड थाम्न नसकेर स्लाब ढलानको फर्म भाँचिएको पूर्वाधार कार्यालय भोजपुरका फिल्ड इन्जिनियर सोहन कुमार महासेठले जानकारी दिनुभयो । पुल ठेकेदार र इन्जिनियरको लापरबाहीले गर्दा भाँचिएको स्थानीयले आरोप लगाएका छन् । 

यस्तै, पुल निमार्णको काम २०७७ सालदेखि सुरु भई यही वैशाखसम्ममा निमार्ण सम्पन्न गर्नुपर्ने सम्झौता छ । पुल निमार्णको जिम्मा दिव्य ज्योति कन्स्ट्रक्सनले कुल ६ करोड लागतमा ठेक्का लिएको थियो । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
scattered clouds
29° _ 29°
51%
4 km/h
सोम
29 °C
मंगल
31 °C
बुध
29 °C
बिहि
26 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ