Ad imageAd image

बालकुमारी घटना : दुई सुरक्षा अधिकारीसहित तीन जनाको निलम्बन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको छानबिनलाई वस्तुनिष्ठ बनाउन केही सुरक्षा अधिकारीको निलम्बन गरेको छ।  

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवार र कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय भएको हो। 

त्यसैगरी गृह मन्त्रालयले ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णयसमेत गरेको छ। 

घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएकोप्रति मन्त्रालयले दुःख व्यक्त गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको छ। 

- Advertisement -
Ad imageAd image

घटनाप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले नागरिकलाई शान्तिपूर्ण रुपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको उल्लेख गरेको छ। ‘‘यो दुःखद घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील छ र उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ। सबै नागरिकहरुले आफ्ना विषयहरु शान्तिपूर्ण रुपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको व्यहोरा सम्बद्ध सबैमा मन्त्रालय अनुरोध गर्दछ’’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
overcast clouds
24° _ 24°
86%
1 km/h
आइत
24 °C
सोम
26 °C
मंगल
22 °C
बुध
24 °C
बिहि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ