११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । पुस १६ गते (जनवरी १) मा ११ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै छौं । बितेको १० वर्षमा हामीले अनेकौं आरोह, अवरोह र विचार विमर्शहरु गरेर हामीले दश वर्ष पार गर्यौं । तर अझै पनि टोपी दिवसको विषयमा थुप्रै प्रश्न र आलोचनाहरु आइरहेका छन् । जसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ र सहज ढंगले त्यसलाई प्रष्ट पार्दै अघि बढ्नुपर्छ । सर्वप्रथमको यसको सुरुआतको विषयमा कुरा गरौं ।

कुनै बेला नेपालको राष्ट्रिय पोशाकको एउटा महत्वपूर्ण हिस्सा बनेको टोपी ०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले राष्ट्रिय पोशाक खारेज गरेसँगै टोपी पनि ओझेलमा पर्ने संकेत देखियो । नेपालीको पहिचान बोकेको टोपी संकटमा पर्नु भनेको नेपाली पहिचान नै संकटमा पर्नु हो ।

तसर्थ यही भावलाई लक्षित गर्दै टोपी दिवसको सुरुवात भएको हो । पहिलो २०१४ र दोश्रो २०१५ नेपाली टोपी दिवस फेसबुकमा सीमित रह्यो । पहिलो वर्षमा फेसबुकमा केही व्यक्तिमा मात्रै सीमित यो अभियानले दोश्रो वर्षमा स्कुलदेखि गाउँसम्म प्रवेश पायो । यो विषय फेसबुकमा भाइरल बनेलगतै विभिन्न क्लब, समूह तथा व्यक्तिहरुले आ-आफ्नै तरिकाले नेपाली टोपी दिवस मनाउन थाले ।

दुई वर्षको अन्तरालमा देश विदेशबाट थुप्रै ऊर्जाजन्य उत्साहप्रद प्रतिक्रियाहरु प्राप्त भयो । त्यसपछि सन् २०१६ देखि ‘जागरुक युवा अभियान नेपाल’ ले सडकमार्फत पनि टोपी दिवस मनाउन थाल्यो । अहिले देश विदेशका विभिन्न सहर र गाउँहरुमा आ-आफ्नै तरिकाले टोपी दिवस मनाउँदै आएका छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
सोम
24 °C
मंगल
23 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ