Ad imageAd image

नेपाल र बेलायतको द्विपक्षीय शक्तिशाली समिति गठन गर्न माग

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने


काठमाडौं । राष्ट्रिय सार्वभौमसत्ता आन्दोलन नेपालले नेपाल र बेलायतको द्विपक्षीय शक्तिशाली समिति गठन गर्न माग गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले विश्वशान्तिका प्रतिमूर्ति गौतम बुद्द जन्मेको देशका नेपाली नागरिकहरुलाई युद्द लड्ने खेताला बनाएर विश्वभरि युद्द लड्न पठाउने कार्यले नेपालको सार्वभौमसत्ता र अस्तित्व नै समाप्त हुन पुगेको भन्दै उक्त समिति गठन गर्न माग गरेका हुन् ।
नेपाली नागरिकलाई गोर्खाको नाममा गैरकानूनी रुपमा बहुराष्ट्रिय सेनामा लगी नेपालको छिमेकी राष्ट्र चीन र पाकिस्तानलगायत नेपालसँग मैत्रीपूर्ण कुटनीतिक सम्बन्ध रहेका राष्ट्रहरु विरुद्द बेलायतको स्वार्थमा युद्ध लडाउने कार्य अन्तर्राष्ट्रिय कानून, मानवअधिकारको विश्वव्यापी सिद्धान्त, युद्ध कानून, अन्तर्राष्ट्रिय मानवअधिकार तथा मानवीय कानून समेत विपरीत भई अन्तर्राष्ट्रिय महाअपराध भएको पनि उनीहरुका भनाई छ ।
सोही कारण नेपाल तथा बेलायतका पूर्व प्रधानमन्त्रीहरुको अध्यक्षतामा नेपाल तथा बेलायतका पूर्व प्रधान न्यायाधीशहरु समेत रहेको तथा दुवै देशका अवकाशप्राप्त प्रधान सेनापतिहरु समेत सदस्य रहेको एक शक्तिशाली विश्वमान्य समिति गठन गरी बेलायतका कारण नेपालले हालसम्म व्यहोर्नुपरेको ऐतिहासिक क्षतिको क्षतिपूर्ति दिलाउनका लागि आवश्यक प्रबन्ध मिलाउनु पर्ने माग गरेका हुन् ।
उनीहरुले यिनै विषयमा केन्द्रित रहेर नेपालस्थित बेलायती राजदूतावास मार्फत् संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्रीलाई छ महिनाको समयावधिको अल्टिमेटम सहित मागपत्र दिएको पनि बताए ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
67%
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
31 °C
सोम
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ