बालकुमारी घटना स् पूर्वन्यायाधीश पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले पुस १३ गते शुक्रबार बालकुमारीमा भएको घटनाको छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाँचबुझ आयोग ऐन, २०२६ मा गरेको व्यवस्थाअनुसार उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो । पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा गठित समितिमा नेपाल प्रहरीका पूर्व एआईजी अरुण बीसी र गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुखलाई सदस्य बनाइएको गृहमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

गृह मन्त्रालयले यसअघि पनि अनुसन्धान तथा छानबिन गर्नका लागि समिति गठन गरेको थियो । उक्त घटनाको छानबिन गर्नका लागि न्यायिक समिति गठनको माग उठेको थियो । मृतकका परिवार र नेपाली कांग्रेसले उक्त घटनाको छनबिनका लागि न्यायिक समिति गठन गर्नुपर्ने माग गरेका थिए ।

संवत् २०८० पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयः

१. मिति २०८०र०९र१३ का दिन ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नम्बर ८, बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानविन गर्ने तथा छानविन गर्न देहायबमोजिमको जाँचबुझ आयोग गठन गर्ने

उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी श्री अरुण बिसी र गृहमन्त्रालयका सहसचिव श्री नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने ।

२.आयोगलाई देहायबमोजिम कार्यादेश तोक्ने

–उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययनरविश्लेषण गर्ने,

–उक्त घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी त्यसमा भएका कमीकमजोरी पत्ता लगाउने,

–उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने,

–आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको १९एक० महिनाभित्र पेश गर्ने ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
15%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ