Ad imageAd image

अङ्कमा आधारित कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागू गर्न मन्त्री शर्माको निर्देशन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयअन्तर्गतका निकाय र महाशाखाहरुको कार्यसम्पादन मूल्याङ्कन प्रभावकारी बनाउन अङ्कमा आधारित नतिजा प्रणाली लागू गर्ने बताउनुभएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम कार्यान्वयनको प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले मन्त्रालयमाताहतका निकाय र महाशाखाहरुको कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै अङ्कमा आधारित नतिजा प्रणालीमार्फत मूल्याङ्कन गर्ने बताउनुभएको हो ।

त्यसका लागि कार्यतालिका बनाएर हरेक महिनाको प्रगति विवरण मन्त्रालयमा पेश गर्न पनि उहाँले सम्बन्धित निकाय र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिनुभयो । छलफलमा सबै राम्रो भएजस्तो देखिने तर परिणाममा कमजोरी देखिने कारण के भन्ने प्रश्न गर्नुहुँदै मन्त्री शर्माले आफ्नो कामप्रति प्रतिबद्ध भएनौं कि भनेर हरेक निकाय, महाशाखा र शाखाको नेतृत्वले समीक्षा गर्नुपर्ने बताउनुभयो ।

‘‘प्रधानमन्त्रीले मन्त्रीहरुको कार्यसम्पादन हेरिरहनुभएको छ, हामीले तपाइहरुको कार्य सम्पादन हेरिरहेका छौं,’’ उहाँले भन्नुभयो, ‘‘हरेक मन्त्रलायका निकाय, महाशाखा, विभाग, शाखाहरुले राम्रो कार्य सम्पादन गरेपछि मात्रै समग्र सरकारको कार्य सम्पादन नतिजा प्रभावकारी हुने भएकाले हामी सबै गम्भीर हुनुपर्छ । हामी कुनै पनि तहका रहेकाहरुले निर्धारित कार्य सम्पादन गर्न सकेनौं भने पद मात्रै ओगटेर बस्नुहुँदैन ।’’

- Advertisement -
Ad imageAd image

मन्त्रालयका हरेक निकाय, महाशाखा र विभागहरुले आफ्नो गर्न सक्ने कामको योजना आर्थिक वर्षको अघि नै माइलस्टोनको रुपमा तय गर्ने गरेका हुन्छन् । तर आफैँले तय गरेका नीति निर्णय कार्यान्वयन गर्न नसकेको असन्तुष्टि जनाउँदै मन्त्री शर्माले प्रश्न गर्नुभयो, ‘‘गर्न सकिँदैन भने योजना बनाउनु हुँदैन तर आफैँले छानेका योजना किन पूरा भएनन् ?’’ अब हरेक महिना नतिजा बढाउने गरी काम गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

मन्त्रालयका कतिपय योजनामा अर्थ मन्त्रालयले समयमै सहमति नदिँदा पनि काम गर्न समस्या भएको उहाँले जानकारी दिनुुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘‘अर्थ मन्त्रालयले समयमै सहमति नदिँदा विभिन्न निकायको पुनःसंरचना, साइबर सुरक्षा केन्द्र स्थापना, एक पालिका एक हुलाकको अवधारणा रोखिएका छन्, यसमा हामीले मन्त्रालयस्तरबाटै पहल गरिरहेका छौं तर संरचना, जनशक्ति र बजेट भएका निकायमा कुनै पनि बहाना चल्दैन, सबै निकायले माइलस्टोन पूरा गरेकै हुनुपर्छ ।’’

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
clear sky
28° _ 28°
29%
2 km/h
सोम
31 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
33 °C
शुक्र
33 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ