एनसेल शेयर खरिद बिक्रीबारे संसदीय समितिमा छलफल हुदैं

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एनसेल शेयर खरिद बिक्रीबारे छलफल गर्न बैठक बोलाएको छ । बैठक बिहीबार बिहान साढे १० बजे बोलाइएको छ ।

एनसेल शेयर खरिद बिक्रीका विषयमा छलफल चलाउने यो चौथो समिति हो । यसअगाडि नै प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिले यो विषयमा छलफल गरिसकेका छन् ।

सूचना प्रविधि मन्त्रालय आफ्नो समितिको कार्यक्षेत्रभित्र रहेकोले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले बताएको छ । ‘संचार मन्त्रालय हाम्रो समितिको कार्यक्षेत्रभित्र रहेको छ ।

त्यसकारण छलफल गर्न लागिएको हो’, समिति सचिव निर्मलादेवी लामिछाने बताउनुभयो । उहाँका अनुसार छलफलमा सञ्चारमन्त्री रेखा शर्मा, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, कम्पनी रजिष्टारको कार्यालयका अधिकारीहरुलाई छलफलमा बोलाइएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
few clouds
11° _ 11°
87%
2 km/h
सोम
23 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ