एनआरएनए जापान : वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेलको उम्मेदवारी, “संस्था पारदर्शी र समावेशी बनाउने संकल्प”

प्रज्वला खड्का
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

टोकियो, जापान — गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आगामी कार्यकाल २०२५–२०२७ का लागि वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव टिकाराम खरेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

झण्डै डेढ दशकदेखि जापानलाई कर्मभूमि बनाउँदै आएका खरेल सन् २००८ बाट एनआरएनएको साधारण सदस्यका रूपमा अभियानमा संलग्न हुँदै, सन् २०१३ पछिबाट विभिन्न तह र भूमिकामा क्रियाशील रहँदै आएका छन्। वर्तमान कार्यकालमा महासचिवको जिम्मेवारी निर्वाह गरिरहेका खरेलले संस्थागत अनुभव, जनसम्पर्क सञ्जाल तथा नीतिगत स्पष्टताका आधारमा आफू वरिष्ठ उपाध्यक्ष पदको लागि योग्य उम्मेदवार भएको विश्वास व्यक्त गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै उनले भने,“इमान्दारिता, आर्थिक पारदर्शिता र लगनशीलता – सक्षम, सबल र साझा एनआरएनए मेरो प्रतिबद्धता हो। जापानको कानुनी संरचना र संघको विधानको पूर्ण पालना गर्दै नेपाली समुदायको हितमा काम गर्न तत्पर छु।”

खरेलले संस्थालाई अझ पारदर्शी, समावेशी र उत्तरदायी बनाउन अनुभवसहित नेतृत्वदायी भूमिका खेल्न चाहेको बताएका छन्। उनका अनुसार एनआरएनए जापानले अघि सारेका दीर्घकालीन नीति र योजनालाई संस्थागत रूप दिन आवश्यक छ, र त्यसका लागि जिम्मेवार नेतृत्व अपरिहार्य छ।

समुदायसँगको सम्बन्ध सुदृढ बनाउन तथा एनआरएनएको साझा चरित्रलाई थप उजागर गर्न आफूले आफ्नो सम्पूर्ण ज्ञान, सीप र विवेक प्रयोग गर्ने प्रतिवद्धता खरेलले जनाएका छन्।

“तपाईंहरूले देखाउनुभएको साथ, सद्भाव र विश्वासलाई निरन्तरता दिँदै सबै नेपालीको साझा आवाज बन्ने प्रयासमा कुनै कसर बाँकी राख्नेछैन,” उनले भने।

उम्मेदवारीसँगै उनले सम्पूर्ण एनआरएनए सदस्यहरूलाई हार्दिक अपिल गर्दै भनेका छन्,

“मलाई तपाईंहरूको अमूल्य मत र समर्थन दिई वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित गराईदिनुहुन विनम्र अनुरोध गर्दछु।”

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
55%
2 km/h
सोम
24 °C
मंगल
24 °C
बुध
23 °C
बिहि
17 °C
शुक्र
11 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ