Ad imageAd image

एनआरएनए साउथ सुडानमा नयाँ नेतृत्व रामप्रसाद पाध्याय सर्वसम्मत अध्यक्षमा चयन

प्रज्वला खड्का
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

साउथ सुडान – गैरआवासीय नेपाली संघ एनआरएनए साउथ सुडानको महाधिवेशन हालै भर्चुअल र भौतिक माध्यमको संयोजनमा सम्पन्न भएको छ। महाधिवेशनले साउथ सुडानस्थित नेपाली समुदायबीच लामो समयदेखि सक्रिय रहँदै आएका समाजसेवी रामप्रसाद पाध्यालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ।

नवनिर्वाचित अध्यक्ष पाध्याले धन्यवाद ज्ञापन गर्दै आफूलाई दिएको जिम्मेवारीलाई पूर्ण इमानदारी र निष्ठाका साथ वहन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले एनआरएनए साउथ सुडानलाई पुनः सक्रिय, सशक्त र नेपाली समुदायबीचको संवादको सशक्त मञ्च बनाउने लक्ष्यका साथ अगाडि बढ्ने बताए।


पाध्याको एनआरएनएसँगको सम्बन्ध कुनै नयाँ होइन। उनी यस शाखाका संस्थापक कोषाध्यक्ष मात्र नभई एनआरएनए कम्बोडियामा पनि सल्लाहकारको भूमिकामा रहेर उल्लेखनीय योगदान दिइसकेका छन्। यही अनुभव र प्रतिबद्धता उनी नेतृत्वमा ल्याउनुको प्रमुख आधार बन्यो।

साउथ सुडानमा रहेका नेपालीहरूबीच एकता, सहयोग र सकारात्मक सोचको विकासमा नयाँ कार्यसमिति क्रियाशील हुने अपेक्षा गरिएको छ।

- Advertisement -
Ad imageAd image

सेयर: 25
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
scattered clouds
24° _ 24°
64%
7 km/h
सोम
24 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
शुक्र
20 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ