काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजपनि जारी छ । बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल केन्द्रीत छ । हिजोबाट सुरु बैठक भोलीसम्म चल्ने छ । बैठकमा केन्द्रिय कमिटीका सदस्यहरुले दिएको सुझाव अनुसार नयाँ विधानको मस्यौदा तयार गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । एकीकृत समाजवादीले नयाँ मस्यौदा गरिएको विधान पारित गर्न आगामी माघ १४ र १५ गते काठमाडौँमा केन्द्रिय परिषद् बैठक पनि बोलाएको छ । केन्द्रिय परिषदबाट पारित विधान अनुसार आगामी जेठ ३ देखि ७ सम्म राष्ट्रिय महाधिवेशन गर्ने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजपनि जारी

प्रतिक्रिया
ट्रेन्डिङ
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…

