काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजपनि जारी छ । बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशनबारे छलफल केन्द्रीत छ । हिजोबाट सुरु बैठक भोलीसम्म चल्ने छ । बैठकमा केन्द्रिय कमिटीका सदस्यहरुले दिएको सुझाव अनुसार नयाँ विधानको मस्यौदा तयार गर्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । एकीकृत समाजवादीले नयाँ मस्यौदा गरिएको विधान पारित गर्न आगामी माघ १४ र १५ गते काठमाडौँमा केन्द्रिय परिषद् बैठक पनि बोलाएको छ । केन्द्रिय परिषदबाट पारित विधान अनुसार आगामी जेठ ३ देखि ७ सम्म राष्ट्रिय महाधिवेशन गर्ने नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजपनि जारी

प्रतिक्रिया
ट्रेन्डिङ
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७…
‘फिनेल’ समाचार विवादमा रातो पाटी : प्रेस काउन्सिलले माग्यो ३ दिनभित्र जवाफ
धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले…

