Ad imageAd image

राईको निधनप्रति माओवादी केन्द्रद्वारा दुःख व्यक्त

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पदमबहादुर राईको निधनमा शोक वक्तव्य जारी गरेको छ ।

आइतबार पार्टीले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय सदस्य राईको निधनले सिङ्गो पार्टी मर्माहत भएको जनाएको छ ।

‘यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ केही वर्ष यता पाकिन्सन्स रोगले बिरामी भई उपचारत हुनुहुन्थ्यो । कमरेड पदमबहादुर राईको जन्म २०२३ साल पुष १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उहाँका दुई दाजु, १ भाई र ६ जना दिदीहरु हुनुहुन्छ। उहाँको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई हुनुहुन्छ । उहाँले विद्योदय मा.वि. भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो ।’ शोक वक्तव्यमा भनिएको छ ।

- Advertisement -
Ad imageAd image

साथै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जारी गरेको शोक वक्तव्यमा राईको राजनीतिक जीवन २०४६ सालबाट अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुँदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भई कार्य गरेको समेत जनाएको छ ।

राईले  २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर–तेह्रथुम–संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्यसम्मको भूमिका निर्वाह गरेका थिए ।

उनी २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्रीसमेत भएका थिए  ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
31°C
Kathmandu
few clouds
31° _ 31°
28%
2 km/h
मंगल
30 °C
बुध
31 °C
बिहि
29 °C
शुक्र
26 °C
शनि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ