कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मन्त्री हेरफेरको विषय उठान

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मन्त्रीहरु हेरफेर गर्ने विषय उठेको छ । काग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न चाहेमा कांग्रेस बाधक नबन्ने बताउनुभयो ।

संसदीय व्यवस्थामा कसलाई मन्त्री बनाउने भन्ने विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने भन्दै त्यस्तो अवस्थामा पार्टीले कुनै बाधा ल्याउन नहुने बताउनुभएको हो । बिहीबार सानेपामा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका विषयमा जानकारी दिने क्रममा नेता विश्वकर्माले बैठकमा भने त्यसबारे छलफल हुन बाँकी रहेको छ ।

मन्त्री हेरफेरको विषयमा बैठकमै छलफल भइसकेको छैन । तर यो संसदीय व्यवस्था हो । प्रधानमन्त्रीलाई आफ्नो अनुकूलको मन्त्रिपरिषद् आवश्यक पर्छ । एकल सरकार भएको भए प्रधानमन्त्रीले जति बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्थ्यो,’ प्रचार विभाग प्रमुख विश्वकर्माले , ‘अहिले गठबन्धनको सरकार छ । तैपनि प्रधानमन्त्रीले गठबन्धनका दलहरूसँग छलफल गरेर जुनसुकै बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्छ, त्यसमा कांग्रेस बाधक बन्दैन ।’

नेता विश्वकर्माले सरकारको सफलता र असफलताको विषयमा प्रधानमन्त्रीकै हातमा निर्भर रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हालेको एक वर्ष पुगेकोे सन्दर्भमा मन्त्रीका कार्यशैलीमाथि असन्तुष्टि व्यक्त गर्दै कार्यसम्पादनमा कमजोर रहेकाहरूलाई हेरफेर गर्ने बताएका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले भने पार्टीले सरकारमा मन्त्रीहरू पठाएको एक वर्ष नपुगेको भन्दै त्यसबारे अहिले छलफल नगर्ने भनेका छन् ।

नेता विश्वकर्माका अनुसार प्रधानमन्त्री दाहालले दलका नेताहरूसँग व्यक्तिगतरुपमा मन्त्री हेरफेरका विषयमा कुराकानी गरेपनि गठबन्धनमै भने औपचारिक प्रस्ताव आएको छैन । कांग्रेसबाट दुई उपसभापति र प्रवक्तासहित ९ जना नेताहरू दाहाल सरकारमा मन्त्री छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ