काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा रहेको राप्ती नदीमा र्याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल भएको छ । गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले गत शुक्रबारदेखि दुई दिनसम्म गरेको परीक्षण सफल भएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो । र्याफ्टिङ सञ्चालनको अध्ययन तथा परीक्षण कर्णाली र्याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा सञ्चालक देवराज जैसी नेतृत्वको टोलीले गरेको थियो । नेपालका पश्चिमी भूभागमा पर्ने प्राय सबै नदीहरुमा र्याफ्टिङको अध्ययन गरी सञ्चालन समेत गरेका जैशीले राप्ती नदीको भालुबाङदेखि सिसहनिया पुलसम्म ९ महिनासम्मै र्याफ्टिङ सञ्चालन गर्न सकिने बताउनुभयो । गढवा गाउँपालिका, राप्ती गाउँपालिका र शितगंगा नगरपालिकाको सिमाना भालुबाङको पुल्चोकदेखि सिसहनिया–महदेवा जोड्ने पुलसम्म राप्ती नदीको करिब १५ किलोमिटर क्षेत्रमा र्याफ्टिङ परीक्षण गरिएको थियो ।
राप्ती नदीमा र्याफ्टिङ सञ्चालनका लागि परीक्षण सफल

प्रतिक्रिया
ट्रेन्डिङ
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७…
‘फिनेल’ समाचार विवादमा रातो पाटी : प्रेस काउन्सिलले माग्यो ३ दिनभित्र जवाफ
धरान : रातोपाटी डट कममा प्रकाशित समाचारले आफ्नो चरित्रहत्या गरेको र पठाएको खण्डनसमेत उचित ढङ्गले…

