बिपी बिचारमा किन एक मत भए शीर्ष नेताहरु ?

संवाददाता
4 मिनेटमा पढ्न सकिने
4 मिनेटमा पढ्न सकिने

काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धि दलहरूको एकता र मेलमिलापको आधार भएको शीर्ष नेताहरूले बताउनुभएको छ ।

४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेसद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा नेताहरूले वर्तमान व्यवस्था नै सर्वोत्तम व्यवस्था भएको भन्दै जन असन्तुष्टिलाई सम्बोधन गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशामा दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक व्यवस्था भन्दा उत्तम व्यवस्था कुनै हुन नसक्ने भन्दै जनताको अपेक्षा अनुरुप विकास र समृद्धिको पक्षमा आफूलाई बदल्नु पर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान व्यवस्थामा नै सुशासन,सामाजिक न्याय र समृद्धिका लागि सबै दृढ संकल्पित र प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन र संविधानको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको भन्दै आफूले  सत्तापक्ष र प्रतिपक्ष सबै दलहरूसँग निरन्तर संवाद र सहकार्य गरिरहेको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले बिपी कोइराला नेपाली राजनीतिका मूर्धन्य व्यक्ति भएको भन्दै नेपाली राजनीतिका सबै नेताहरू बिपी स्कुलबाट कुनै कुनै रुपमा दीक्षित भएको कुरालाई नर्कान नसकिने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैचारिक मतभेद र पार्टीगत प्रतिस्पर्धाकाबीच आज पनि बिपी कोइरालाको मेलमिलापको नीतिले  राष्ट्रिय मुद्दामा सबै दलहरू एक ठाउँ उभिनुपर्ने  विषयमा मार्ग निर्देश गर्ने बताउनुभयो ।

सभापति देउवाले लोकतन्त्रको विकल्प अरू व्यवस्था हुन नसक्ने भन्दै लोकतन्त्रलाई थप सुदृढ र बलियो बनाउनुपर्ने बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, शान्ति, सुशासन र विकासका पक्षमा दलहरू एकमत भएर अघि बढ्नुपर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले समय पछाडि फर्कन नसक्ने भन्दै जन्मजात कोही शासक हुने व्यवस्थाका विषयमा बहस गर्न आवश्यक नभएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री एवं नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आपसी मनमुटाब लाई त्यागेर बहुजातीय ,बहुभाषिक एकता, गरिबी न्यूनीकरण, रोजगारी वृद्धि र मुलुकको विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो ।

अध्यक्ष भट्टराईले संविधानको मर्म बमोजिम सुशासन र समृद्धिको पक्षमा दृढ भएर युवाहरूको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य, सामाजिक न्याय,समानता र समृद्धि कायम गर्न सबै दलहरू गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले बस्तुनिष्ठ र कार्यान्वयन योग्य योजना बनाई युवाहरूलाई स्वदेशमै रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले जनतामा व्यापक असन्तुष्टि बढेको भन्दै  लोकतन्त्र र गणतन्त्रका पक्षधरहरू गम्भीर समीक्षाका गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष केसीले विपी कोइरालाको मार्गलाई आत्मसाथ गर्न जनतालाई राजनीतिको केन्द्रमा राखेर विगतका कमीकमजोरीलाई सुधार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले पटक पटकको बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धी माथि प्रश्न उठिरहेको भन्दै आलोचना र सुझावहरूलाई ग्रहण गर्दै सुशासनलाई केन्द्रमा राखेर अघि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री लोकतान्त्रिक समाजबादी पार्टीका नेता शरतसिंह भण्डारीले संविधानलाई पूर्णता दिँदै यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला मेलमिलापको नीति लिएर भारतबाट २०३३ सालमा नेपाल फर्केपछि काँग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
few clouds
23° _ 23°
60%
3 km/h
बुध
24 °C
बिहि
24 °C
शुक्र
27 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ