एमाले सांसद कोइरीलाई सफाइ, लोसपाका प्रदेश सांसद शर्मालाई जन्मकैद

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ र लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले प्रहरीका असई विकको हत्या मुद्दामा एमाले सांसद कोइरी र पवन कापरलाई सफाइ दिएको महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झाले बताउनुभयो । न्यायाधीश भट्टराईको इजलासले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यानसम्बन्धी कसुर गरेकोले सोही १३९३० बमोजिम जन्मकैद सजाय सुनाएको झाले बताउनुभयो । अन्य आरोपितको हकमा मुल्तवीमा राखिएको छ । एमालेका प्रतिनिधिसभा सदस्य कोइरी सहित २८ जना जिल्ला अदालत महोत्तरीमा कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगो लगाएको मुद्दा ०७२ फागुन २७ गते दर्ता भएको थियो ।

सशस्त्र प्रहरीका असई विकको हत्या मुद्दामा प्रदीप साह, सञ्जयकुमार साह र पवन कापर थुनामा छन् भने प्रतिनिधिसाभा सदस्य कोइरी, ठाकुर तारेख गुजारी फरार थिए । जिल्ला अदालत महोत्तरीका न्यायधीश श्यामसुन्दर अधिकारीको इजलासले कोइरीबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम एक लाख रुपैयाँ नगदै धरौटी लिइ २०७६ असोज २ गते तारेखमा राख्ने आदेश दिनुभएको थियो । आदेशलाई उच्च अदालत जनकपुरले उल्ट्याएर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेश मिलेको नदेखिँदा बदर गरी महतोलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत जनकपुरका न्यायधीश पुष्पराज कोइराला र प्रभा बस्नेतकफ संयुक्त इजलासले कोइरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न २०७७ मंसिर १९ गते आदेश दिएका थिए ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ