ठट्टा गरेजो अधि सत्य ठानी
दायाॅ र बायाँ दुई हात तानी
राम्रो कुराको पनि होश छैन
घुर्काए आमा सब थाह छैन !
गल्ती गरेमा पनि माफ गर्ने
फेरी दुवारा नगरोस भन्ने
ताते र तोते गरि बोलि दिन्छिन्
लड्दा उठाई बुई काॅध दिन्छिन्!
हर्यो खुसी धेर वियोग पार्दै
ज्योति निभाएर अंधेर छर्दै
जुनी त पाएॅ नरको म चोला
आमा विना प्रेम कहाॅ छ होला!
बात्सल्य मैले सुख मा विताथें
मायाॅ र छा़याॅ ममता सजाथें
त्यों बाल्य लीला किन फर्किएला
त्यो शान्ति मीठो किन पाई येला!
सच्चा मुमा हो जगकी विधाता
फर्के र आऊ विनती छ माता
शुन्यै भयोहै सुन मेरी आमा
भन्छन् टुहुरो न हुॅदानि आमा!
छोरो म यस्तो तिमी मातृ शक्ति
सम्झी सधै चर्कन थाल्छ छाती
सेवा कतै क्यै अझ गर्न हुन्थ्यो
छोरा भनी लायक बन्न हुन्थ्यो !
विन्ति छ माता जति भूल भाथ्यो
जानी न जानी गरे को कुरा थ्यो!
आँसु बगाई यति प्रार्थना छ
श्रद्धाळ्जली अर्पण पुत्र गर्छ!
कैलाश पौड्याल (श्रीनगर)यकसक
सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1


