Ad imageAd image

मुक्तक

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने
१.
नहुदा पनि गोजिभरी दाम यत्ती बुझ्दा हुन्छ
चाहिँँदैन जिन्दगी तामझाम यत्ती बुझ्दा हुन्छ
मायाको बदलामा घृणा मन्जुर छैन भने
तिमी नै हौँ पुर्णविराम यत्ती बुझ्दा हुन्छ ।।

२.
फेरि जिन्दगीमा अर्को खत नहोस् भनेर हो
कमजोर छे यो भन्ने अवगत नहोस् भनेर हो
ढुङ्गा जस्तो कठोर दिल किन? तिम्रो प्रश्न
दुखाउन अब कसैको हिम्मत नहोस् भनेर हो।।

३.
सम्झन लायक कि त्यस्ता बात हुनुपर्छ
कि त सफलतै सफलताको खात हुनुपर्छ
भुइँमा झरेर पनि सबैको प्रिय् बन्नलाइ त
तिमी पनि सुगन्धित पारीजात हुनुपर्छ।।
४.
कुरी बसेका छन् कसैले पारी हतार किन गर्छौँ
पर्नसक्छ आफैलाई भारी हतार किन गर्छौँ
छिटो गए भन्न सकिन्न ढिलो गए अवस्य पुगिन्छ
अलि बिस्तारै चलाउनु सवारी हतार किन गर्छौँ
५.
गर्यौँ भने यदि छलछाम भोग्न तयार हुनु
नभनी झरी नभनी घाम भोग्न तयार हुनु
आगोसँग खेल्ने निधो गरिसकेका छौँ
अब जे आउछ परिणाम भोग्न तयार हुनु

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
overcast clouds
26° _ 26°
65%
1 km/h
शनि
25 °C
आइत
30 °C
सोम
28 °C
मंगल
25 °C
बुध
26 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ