कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रिय सभा सदस्य निर्वाचन मुख्य एजेण्डा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायत समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउनु भएको हो । बैठक आज दिउँसो १२ः१५ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा बस्नेछ । कांग्रेसका कार्यालयका मुख्यसचिव एवम् राष्ट्रिय सभाका सदस्य कृष्णप्रसाद पौडेलले बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

पौडेलका अनुसार बैठकमा जाजरकोट भूकम्प र पार्टीको महासमिति बैठकको तयारीका विषयमा समेत छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ । त्यस्तै, समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुनेछ । राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदै छ, भने कांग्रेसले पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बोलाएको छ । महासमिति बैठक तोकिएकै मितिमा गर्ने वा राष्ट्रिय सभा निर्वाचन पछिसम्म स्थगित गर्ने भन्ने विषयमा समेत कांग्रेसभित्र विवाद छ ।

शुक्रबारको बैठकले त्यसबारे समेत टुङ्गो लगाउने नेताहरूले बताएका छन् । कांग्रेसले महासमिति बैठक यसअघि मङ्सिर १३ देखि १५ भित्रै गर्ने मिति तोकेको थियो । तर तयारी नपुगेको भन्दै स्थगित गरेर पुस १६ १९ मा सारेको हो । महासमिति बैठक कांग्रेसको महाधिवेशनपछिको ठुलो संरचना हो । महासमिति बैठकमा देशभरिबाट करिब २५ सय नेता कार्यकर्ता प्रतिनिधिकारुपमा सहभागी हुनेछन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
few clouds
21° _ 21°
73%
2 km/h
बुध
21 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ