मिडियामा सही व्यवस्थापनको खाँचोःमन्त्री शर्मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रिन्टेड मिडियाको भविष्य अझै सुन्दर भएको तर त्यसको सही व्यवस्थापनको खाँचो रहेको बताउनुभएको छ । 

गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन दि राइजिङ नेपाल दैनिकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सरकारी सञ्चार माध्यमलाई सरकारी मान्छेले मात्र पढ्नेखालको नभइ सबै पक्षका लागि पठनीय बनाउन आवश्यक रहेको उहाँले सुझाव दिनुभयो । 

सरकारी सञ्चारमाध्यमप्रति पाठकको हेर्ने दृष्टिकोण अझै सरकारी नै भएको चर्चा गर्नुहुँदै उहाँले सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी र समयअनुसार सबल बनाउन अनिवार्य रहेको बताउनुभयो । धेरैभन्दा धेरै जनताको आवाज बुलन्द गर्ने, जनताको चेतना परिवर्तन गर्ने, राज्यबाट पछाडि पारिएका समुदाय र वर्गको आवाज बोल्ने काम सरकारी सञ्चार माध्यमले बोल्न सक्नुपर्छ मन्त्री शर्माले भन्नुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ