Ad imageAd image

अख्तियारद्वारा १४ करोड ८१ लाखभन्दा बढीको मुद्दा सर्वोच्चमा पुनरावेदन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालत काठमाडौँमा दायर भएको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी आज (बिहीबार) सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा अख्तियारको निर्णय अनुसार आज सर्वोच्चमा पुनरावेदन गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

मदनप्रसाद गुप्ताले सार्वजनिक सेवा अवधिमा १४ करोड ८१ लाख ८९ हजार २३ रुपियाँ बराबरको सम्पत्तिको स्रोत खुलेको नदेखिएको अख्तियारको ठहर छ ।

- Advertisement -
Ad imageAd image

अख्तियारका अनुसार गुप्ता तथा उनका परिवारका सदस्यहरू समेतले आय आर्जन गरेको रकम चार करोड ५४ लाख ७२ हजार २४६ रुपियाँको तुलनामा विभिन्न शीर्षकमा गरिएका खर्च तथा लगानी १९ करोड ३६ लाख ६१ हजार १६९ रुपियाँ देखियो प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार गुप्ताको आयभन्दा बढी खर्च तथा लगानी गरेको १४ करोड ८१ लाख ८९ हजार २३ रुपियाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको हुँदा उक्त सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अनुसन्धानबाट खुलेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
moderate rain
28° _ 28°
65%
3 km/h
बुध
27 °C
बिहि
25 °C
शुक्र
26 °C
शनि
21 °C
आइत
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ