काठमाडौं । भारतमा प्रभासको फिल्म सलार ले अग्रिम टिकट बुकिङमा शाहरूख खानको फिल्म डंकीलाई पछि पारेको छ। शाहरूखको डंकी बिहीबार प्रदर्शन हुँदैछ भने प्रभासको सलार शुक्रबार। यी दुवै फिल्मलाई लिएर दर्शक उत्साहित देखिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उच्च शो पाउँदा पनि डंकी अग्रिम टिकट बुकिङमा सलार भन्दा पछि परेको हो। भारतमा डंकीले १२६०८ शोज पाएको छ भने सलारले ६४३९ शोज पाएको छ। ३ लाख ६० हजारबढी टिकट बिक्री गर्दै डंंकीले १० करोड २६ लाख भारू कमाएको छ। त्यस्तै ५ लाख ७७ हजारबढी टिकट बिक्री गर्दै सलारले १२ करोड ६७ लाख भारू कमाएको छ। भारतमा तेलुगु भाषी सलार हेर्न सबैभन्दा बढी उत्साहित देखिएका छन्। तेलुगु संस्करणको मात्रै ३ लाख ८२ हजारबढी टिकट बिक्री भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। राजकुमार हिरानीले निर्देशन गरेको फिल्म ुडंकीु मा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ। प्रशान्त नीलले निर्देशन गरेको फिल्म ुसलारु मा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। प्रभास र प्रशान्तले यो फिल्ममार्फत पहिलो पटक सहकार्य गरेका हुन्।
अग्रिम टिकट बुकिङमा ‘सलार’ ले ‘डंकी’ लाई उछिन्यो

प्रतिक्रिया
ट्रेन्डिङ
नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम
काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम विरुद्ध दिवस मनाइन्छ । बालबालिकालाई…
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण…
कलाकारहरुमा विश्वकपको रौनक : धेरैजना मेस्सी, रोनाल्डो र ब्राजिलका समर्थक
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव सुरु भएसँगै संसारभरका समर्थकहरू उत्साहले भरिएका छन् ।…
१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय
काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका १ हजार ३८८…

