काठमाडौं । सरकारले यस वर्षका लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले उद्योगले दिने प्रति क्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँ गरी प्रति क्वीटल ६ सय ३५ रुपैयाँ मूल्य निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठक बस्ने नयाँ कार्यकक्षको उद्घाटन गर्न आज बैठक राखिएको र सरकारको एक वर्षे अवधिको समीक्षा र छलफल समेत गरिएको मन्त्री शर्माले बताउनुभयो ।
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७ औँ भाग भव्य रूपमा सम्पन्न गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भ पारेर संस्थाले ‘मनभित्रको…


