काठमाडौं । सरकारले यस वर्षका लागि उखुको न्यूनतम मूल्य प्रति क्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले उद्योगले दिने प्रति क्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँ गरी प्रति क्वीटल ६ सय ३५ रुपैयाँ मूल्य निर्धारण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को बैठक बस्ने नयाँ कार्यकक्षको उद्घाटन गर्न आज बैठक राखिएको र सरकारको एक वर्षे अवधिको समीक्षा र छलफल समेत गरिएको मन्त्री शर्माले बताउनुभयो ।
उखुको न्यूनतम मूल्य कति तोक्यो सरकारले

प्रतिक्रिया
ट्रेन्डिङ
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…

