काम खोज्न भारत जानेको लस्कर

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । बाजुराका अधिकांश गाउँका स्थानीय हिउँदे खेती सकेर कामको खोजीमा धमाधम छिमेकी मुलुक भारततर्फ जान थालेका छन् । उनीहरू मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेको पाइएको छ ।

कात्तिक–मङ्सिरमा गहुँ खेती सकेर केही महिना मजदुरी गर्न भारत हिँडेको बुढीगङ्गा नगरपालिका–१० का धनबहादुर सार्कीले बताउनुभयो । गाउँमा कुनै रोजगारीको अवसर नहुँदा हिउँद र बर्सातको समयमा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको भनाइ उहाँको छ ।

“असार–साउनमा बर्खे धान/कोदो खेती रोपेर जान्छौँ, त्यसपछि फेरि खेती उठाउन दसैँतिहारमा घरमा आउँछौँ,” उहाँले भन्नुभयो, “अनि दसैँतिहारपछि गहुँ छर्ने काम सकिएपछि फेरि कामका लागि भारतमा जान्छौँ।” बर्खाको खेती घरमा राख्ने र हिउँदको खेती गहुँ छर्ने काम सकाएपछि यहाँ अधिकांश लोग्ने मान्छे कामको खोजीका लागि भारतमा जाने चलन छ । हिमाली, जगनाथ, स्वामिकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहलगायत स्थानीय तहका पुरुष महिला कामका लागि भारत जाने गर्द छन् ।

स्थानीय सरकारले विकास निर्माण काममा एक्साभेटर प्रयोग गर्ने भएकाले पनि गाउँमा काम गर्ने अवसर नपाएर धेरै युवा कामको खोजीमा भारत तथा नेपालका विभिन्न सहर जाने गरेको बडीमालिका नगरपालिका–५ मनाका स्थानीय पदक साउद बताउनुहुन्छ ।

गाउँमा आउने कुनै पनि योजना सम्पन्न गर्न उपभोक्ता समिति आफू अनुकूल बनाउने र डोजर लगाई विकास निर्माणका काम गर्ने भएकाले पनि कामकै खोजीमा पुरुष मान्छे जिल्लाबाहिर जाने गरेको भनाइ उहाँको छ । स्थानीय सरकारले भने पछिल्लो समय गाउँमा रहेको बाँझो जमिन सदुपयोग गर्न कृषि अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
clear sky
27° _ 27°
20%
2 km/h
बुध
28 °C
बिहि
30 °C
शुक्र
30 °C
शनि
32 °C
आइत
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ