Ad imageAd image

चलचित्र ‘पूजार सार्की’ मा दुई जना अभिनेतृको प्रवेश

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र ‘पूजार सार्की’ मा दुई जना अभिनेतृको प्रवेश भएको छ । अञ्जना बराइली र परीक्षा लिम्बू चलचित्रको मुख्य भूमिकामा अनुबन्धित भएका हुन् ।

दुई हप्ताअघि निर्माण समूहले अभिनेतृका लागि अडिसन आह्वान गरेको थियो । दुवैलाई अडिसनबाटै छानिएको जनाइएको छ । चलचित्रमा यसअघि नै अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह भित्रिसकेका छन् । आगामी माघको पहिलो साताबाट पश्चिम नेपालमा छायाङ्कन गर्न लागिएको चलचित्रमा विकास सुवेदीको लेखन रहेको छ ।

किङ्गडम नेटवर्कको प्रस्तुति रहने चलचित्रको वितरणको जिम्मा आरआर फिल्मस ९रोहित–रत्न० ले लिएको छ । पहिलो पटक आर्यन, प्रदीप र पलले एकसाथ फिल्ममा काम गर्न लागेका हुन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
broken clouds
26° _ 26°
53%
4 km/h
बुध
26 °C
बिहि
27 °C
शुक्र
25 °C
शनि
28 °C
आइत
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ