Ad imageAd image

तत्काल मन्त्रीपरिषद फेरबदल हुदैनः मन्त्री शर्मा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको बताउनुभएको छ । मन्त्रालयमा आज गत मङ्सिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री फेरबदलबारे सञ्चारकर्मीको जिज्ञासामा मन्त्री शर्माले बाहिर हल्ला भएजस्तो मन्त्रीपरिषद् हेरफेर सम्बन्धमा सत्ता गठबन्धन दलहरुबीच कुनै छलफल नभएको बताउनुभयो ।

मन्त्री शर्माले स्थानीय कृषि उपजले उचित बजार र मूल्य नपाउने र केही कृषि उत्पादन चर्को मूल्यमा खरिद गर्नुपर्ने जस्ता अवस्थाबाट नीतिगत र व्यवहारिक निकास निकाल्न सरकार सचेत रहेको बताउनुभयो ।

मन्त्री शर्माले एक वर्षको अवधिमा सरकारले लिएको लय नगुमाएको र आफ्नो उद्देश्य अनुसार नै अघि बढिरहेको मन्त्री शर्माले बताउनुभयो । सरकारको प्राथमिकता समृद्धि, सुशासन र सेवा प्रवाह सहज बनाउने रहेको र त्यसमा काम गरिरहेको उहाँको भनाइ थियो ।

मन्त्रीपरिषद् बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्यायोजना, नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति र हात हतियार खरखजना नियमावली ९बाह्रौँ संशोधन० २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

- Advertisement -
Ad imageAd image

यस्तै राष्ट्रिय वृह्यत जलधारा व्यवस्थापन रणनीति स्वीकृत गर्ने, नेपाल परराष्ट्र सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने लगायतका निर्णय सरकारले गरेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
drizzle
16° _ 16°
100%
2 km/h
आइत
19 °C
सोम
26 °C
मंगल
23 °C
बुध
25 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ