Ad imageAd image

नेपालको विदेश नीतिमा विश्वासको खाडलः सांसद राजकिशोर यादव

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपालको विदेश नीतिमा विश्वासको खाडल पर्न दिन नहुने बताउनु भएको छ । उहाँले नेपालले कसैकोविरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिन नहुने पनि बताउनुभयो ।

सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडेरालिज्म सेसिफ द्वारा आयोजित कार्यक्रममा सभापति यादवले भने,‘चीन होस् या भारत हामीले कसैको विरुद्ध आफ्नो भूमि प्रयोग हुन दिनहुन्न ।’ नेपालले चीनको बारेमा कुरा गर्दा अर्को छिमेकीसँग तुलना पनि गर्न नहुने यादवको भनाई थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको गत चीन भ्रमणको समीक्षाबारे भएको छलफलमा सभापति यादवले नेपालमा चीनका विषयमा बोल्नका लागि कन्जुस्याईं रहेको पनि बताउनुभयो । समितिका सदस्य तथा सांसद छिरिङ ल्हामु लामाले नेपालको भारत र चीन दुवै मुलुकसँग विदेश सम्बन्ध मजबुत रहेको बताइन् । उहाँले ,‘दुवै देशको नेपालमा आर्थिक र सुरक्षा प्रभाव पर्छ ।

प्रधानमन्त्रीजी पहिले भारत, त्यसपछि संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणमा जानुभयो । चीन भ्रमण एउटा महत्वपूर्ण रह्यो ।’ समितिका अर्का सदस्य तथा सांसद शिशिर खनालले प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि नै स्पष्ट दृष्टिकोण लिएर नगएको जस्तो देखिएको बताउनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
scattered clouds
26° _ 26°
57%
1 km/h
बिहि
26 °C
शुक्र
22 °C
शनि
28 °C
आइत
29 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ