काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रोफिटिङ गरी पुननिर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बस्न लागेको हो । भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुननिर्माण गरेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष सारिसकेका छन् भने अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित छ । बुधबारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो । सहरी विकासमन्त्री सीता गुरूङले विहान १० बजे प्रधानमन्त्री दाहालले पनुनिर्माण गरी तयार भएको बैठक कक्षको अवलोकन गर्ने र लगत्तै सोही बैठककक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी दिनुभयो । यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री दाहालले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए । प्रधानमन्त्री दाहालले एक महिनाअघि आफ्नो कार्यकक्ष सारेका थिए ।
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७ औँ भाग भव्य रूपमा सम्पन्न गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भ पारेर संस्थाले ‘मनभित्रको…


