काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा कुनै राजनीतिक संकट नभएको बताउनुभएको छ । नेपाली कांग्रेस म्याग्दीको जिल्ला सम्मेलनलाई आइतबार बेनीमा सम्बोधन गर्दै शर्माले मुलुकमा राजनीतिक समस्या भए पनि संकट नभएको बताउनुभयो । उहाँले मुलुकमा आर्थिक अवस्था सुधार हुँदै गएको बताउनुभयो । महामन्त्री शर्माले देशको करिब ९ खर्ब आन्तरिक ऋण र ११ खर्ब भन्दा बढी बाह्य ऋण रहेको उल्लेख गर्दै यसलाई घटाउनतर्फ जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । विपक्षीले बाह्य रुपमा प्रचारप्रसार गरेजस्तो देशमा आर्थिक संकट नभएको बताउँदै दुई महिनादेखि आर्थिक सूचकमा सुधार हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा उहाँले देशमा एकपटक राष्ट्रपति, दुई पटक भन्दा बढी पटक प्रधानमन्त्री, तीन पटक भन्दा बढी मन्त्री र चार पटक भन्दा बढी पटक सांसद हुने नपाउने नीति बनाउन कांग्रेस मार्फत सुरु गर्नका लागि जिल्ला स्तरबाट आवाज उठाउन आग्रह गर्नुभयो । सङ्घीयताका कारण जनतालाई सेवा सुविधा प्राप्त गर्न सहज भएको शर्माले बताउनुभयो ।
मुलुकमा कुनै राजनीतिक संकट छैनःमहामन्त्री विश्वप्रकाश शर्मा

प्रतिक्रिया
ट्रेन्डिङ
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…

