Ad imageAd image

राष्ट्रिय सभा निर्वाचनमा केन्द्रीत दलहरु, एकीकृत समाजवादी छलफलमा

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न बिहीबार सचिवालय बैठक बोलाएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रिय सभाको निर्वाचन, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाएको जानकारी दिनुभयो । बिहीबारबाट सुरु हुने बैठकले राष्ट्रिय सभाको आसन्न निर्वाचनमा पार्टीतर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने बताइएको छ । साथै बैठकमा इलाममा हुने प्रतिनिधि सभाको उपनिर्वाचनबारेमा समेत छलफल हुने छ ।

खतिवडाले बैठकमा देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा गरिने जानकारी दिनुभयो । उहाँले बैठकमा पार्टीको विधान हेरफेर गर्न आगामी माघमा हुने विधान सम्मेलनका लागि प्रस्ताव पेस गरिने, समान विचार राख्ने राजनीतिक दल, सङ्घ संस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने उल्लेख गर्नुभयो । खतिवडाले बैठकमा महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुने भन्दै बैठक आन्तरिक विवाद समाधानमा केन्द्रित हुने बताउनुभयो ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
thunderstorm
21° _ 21°
73%
2 km/h
बिहि
26 °C
शुक्र
23 °C
शनि
29 °C
आइत
29 °C
सोम
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ