काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले माघ ११ हुने निर्वाचनका लागि सात प्रदेशमा १-१ वटा मतदान स्थल र २-२ वटा मतदान केन्द्र तोकेको हो । कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगरलाई मतदान केन्द्र तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । त्यस्तै, मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर, बामगतीका लागि भुटनदेवी मावि हेटौँडा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालयमा मतदान स्थल तोकिएका छन् । त्यस्तै, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीलाई मतदानस्थल तोकिएको छ । सबै मतदानस्थलमा २-२ वटा केन्द्र राखिएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्नेछन् ।
थाइल्याण्डको एक स्कुलमा गोली चल्दा ७ जनाको मृत्यु, १५ घाइते
थाइल्याण्ड — थाइल्याण्डको नोन्थाबुरीमा रहेको एउटा माध्यमिक स्कुलमा शुक्रबार बिहान भएको गोलीकाण्डमा ७ जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेहरूमा ३ जना शिक्षक,…


