काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस ६ जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । गत शुक्रवार, आइतवार र सोमबार गरी प्रस्तावित ६ नै जना न्यायधिशहरुको सुनवाई सकेको समितिले आज नाम अनुमोदन गरेको हो । न्यायपरिषद्ले गत मंसिर ५ गते उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गाना र अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो । प्रस्तावित न्याधिशहरु विरुद्ध १० वटा उजुरी परेका थिए भने उजुरी कर्ताहरुसँग पनि समितिले यसअघि छलफल गरेको थियो । संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
थाइल्याण्डको एक स्कुलमा गोली चल्दा ७ जनाको मृत्यु, १५ घाइते
थाइल्याण्ड — थाइल्याण्डको नोन्थाबुरीमा रहेको एउटा माध्यमिक स्कुलमा शुक्रबार बिहान भएको गोलीकाण्डमा ७ जनाको मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेहरूमा ३ जना शिक्षक,…


