Ad imageAd image

दश जना पुर्पक्षका लागि थुनामा

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । जिल्ला अदालत सिन्धुलीले कमलामाई नगरपालिका–४ निवासी ३७ वर्षीय  सारदा थापालाई बन्धक बनाई कुटपिट गरेको अभियोगमा १० जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

शरिर बन्धक सम्बन्धी कसुरमा सोही ठाउँ निवासी एक्कबहादुर खड्का, इश्वर पोखरेल, निकेश ढकाल, मिलन देवकोटा, विष्णुकुमार ढकाल, पीडितका श्रीमान सन्तोष थापा, लक्ष्मी पोखरेल, गणेश भन्ने कुलविक्रम देवकोटा, लिला खड्का र विरविक्रम ढकाललाई अदालतले मङगलबार थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक चिरन्जीबी दाहालका अनुसार सात जनालाई पुस ८ गते नै प्रहरीले पक्राउ गरेको थियो । लक्ष्मी पोखरेल, गणेश भन्ने कुलविक्रम देवकोटा, लिलाकुमारी खड्का अहिलेसम्म फरार रहेका छन । पक्राउ परेकालाई सिन्धुली कारागार पठाइएको छ ।

पीडित महिला थापाले पुस ११ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आफ्ना श्रीमान सन्तोष थापासहित १० जनाविरुद्ध शरीर बन्धक, कुटपिट अङ्गभङ्गमा मुद्दा दर्ता गरेको उहाँले बताउनुभयो । सारदालाई श्रीमान सन्तोष थापाले लिएको ऋण नतिरेको भन्दै थुनामा पठाइएको व्यक्तिले बन्धक बनाएर कुटपिट गरेका बताइएको छ ।

- Advertisement -
Ad imageAd image

यता थुनामा गएका व्यक्तिका आफन्तहरुले भने गाउँलेसँग लिएको ऋण नतिर्न शारदा थापा र उहाँका श्रीमान् थापाले मिलेमतोमा उक्त घटना गराएको बताएका छन् । पुस ८ गते प्रहरी घटनास्थल पुग्दा घर नजिकैको विजुलीको पोलमा बाँधिएको अर्धचेत अवस्थामा महिलालाई फेला पारी उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

थुनामा जानु भएका कमलामाई नगरपालिका–४ स्थित वर्ष ४२ का विष्णुकुमार ढकालकी श्रीमती जानुका ढकालले श्रीमान् उक्त घटनामा कुनै पनि कुरामा नजोडिएको भए पनि प्रहरीले सामान्य सोधपुछका लागि भनेर बोलाएर जबरजस्ती थुनेको बताउनुहुन्छ ।  शारदा थापाले व्यक्तिगत स्वार्थ र रिसिबिका कारण ज–जस्को नाम लिइन्, उनैको एकतर्फी कुरा सुनेर प्रहरीले स्थानियलाई नियन्त्रणमा लिएर थुनेको उहाँको गुनासो छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
88%
1 km/h
बुध
23 °C
बिहि
21 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ