१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पु-याएको

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्रबाट फर्कन समस्या भएका १५२ जना शिक्षक र विद्यार्थीलाई काठमाडौं महानगरपालिकाले गन्तव्यसम्म पु¥याएको छ ।

परीक्षा दिएर घर फर्कन सवारी साधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आव्हान गरेको थियो । त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र– बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु–मार्फत उद्धार गरी विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित रूपमा गन्तव्य सम्म पु¥याएको हो ।

आज काठमाडौंमा गणतन्त्रवादी र राजावादी समूहबिच प्रदर्शन भइरहेकाले बिहानैदेखि सवारी आवागमनमा समस्या देखिएको थियो । त्यसै कारण कतिपय विद्यार्थीहरू परीक्षापछि घर फर्कन नसक्ने अवस्थामा पुगेका थिए ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
broken clouds
18° _ 18°
72%
2 km/h
सोम
24 °C
मंगल
23 °C
बुध
24 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ