Ad imageAd image

राप्रपाको प्रदर्शनमा झडप : २५ घाइते, तीन जना पक्राउ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं, चैत २७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका छन्। तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार घाइते हुनेमा १८ जना प्रदर्शनकारी छन् भने सात जना सुरक्षाकर्मी छन्।

उहाँले भन्नुभयो, “प्रदर्शनका क्रममा सामान्य झडप हुँदा सात जना प्रहरी र १८ प्रदर्शनकारी घाइते भएका छन्। घाइतेको अवस्था सामान्य छ। ३ जनालाई नियन्त्रणमा लिएका छौँ।”

- Advertisement -
Ad imageAd image

नियन्त्रणमा रहेकाको अनुसन्धान भइरहेको मैनालीले जानकारी दिनुभयो। उहाँका अनुसार झडपमा प्रदर्शनकारीले ढुङ्गा हान्ने र निषेधित क्षेत्रतर्फ अघि बढ्न खोजपछि प्रहरीले कार्यकर्तालाई नियन्त्रणमा लिएको हो।

प्रदर्शनमा शान्तिपूर्ण रूपमा नै सम्पन्न भएको उहाँको भनाइ छ। सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मङ्गलबार प्रदर्शन गरेको हो।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
broken clouds
21° _ 21°
83%
4 km/h
सोम
21 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
शुक्र
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ