Ad imageAd image

विपद् व्यवस्थापनका लागि महानगरपालिकाद्वारा तीन सय नगर प्रहरी परिचालन

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले लगातारको वर्षापछि विभिन्न नदीहरूमा आएको बाढी र डुबानबाट सिर्जना भएको विपद् व्यवस्थापनका लागि तीन सय नगर प्रहरी परिचालन गरेको छ ।

महानगरपालिकाले विपद्का कारण जोखिममा परेका स्थानीयको उद्धारका लागि तीन सयजना नगर प्रहरीलाई १७ वटा टोली बनाएर परिचालन गरेको हो ।

निरन्तर वर्षाका कारण काठमाडौंमा सिर्जना भएको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ टोलीमा अधिकृत र जवान गरी ३ सय जना  परिचालन गरिएको महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार नगर प्रहरीका टोलीहरू डुवान भएका बस्ती, नदी किनारा, रूख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेका छन् ।

- Advertisement -
Ad imageAd image

सचिवालयले वंशीघाट, कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको जनाएको छ ।

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाले हट लाइनहरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन आग्रह गरेको छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
broken clouds
23° _ 23°
53%
4 km/h
बुध
23 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
आइत
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ