मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । सङ्कलन गरिएको नामावली यसै साता सार्वजनिक गर्ने आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन कार्यालय र प्रदेश सभा सचिवालयबाट पठाइएको नामावली रुजु गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ । 

सात वटै प्रदेशका ५५० प्रदेश सभा सदस्य मतदाता रहने व्यवस्था छ । ७५३ स्थानीय तहका एक हजार ५०६ जना प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष राष्ट्रिय सभाका मतदाता छन् । आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “प्रदेश सभा र स्थानीय तहमा मृत्यु भएका र निलम्बनमा परेकाको अध्ययन हुँदै छ । रुजु भइसकेपछि आयोगले सार्वजनिक गर्ने छ ।”

आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम पुस २० गते मतदाता नामावली प्रकाशन हुनुपर्ने छ । उहाँले सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रमबमोजिम नै प्रकाशन गर्ने भए पनि आयोगले त्रुटि सच्याउन वेबसाइटमा राख्न लागेको बताउनुभयो । 

आयोगको कार्यक्रमबमोजिम सम्बन्धित प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुस २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुने छ । त्यसअघि पुस २० गते प्रकाशन भएको नामावलीउपर दाबीविरोधका लागि उजुरी दिन सक्ने कार्यक्रम छ । यसरी परेको उजुरीमाथि निर्वाचन अधिकृतको कार्यालयले छानबिन गरी अन्तिम निर्णय गर्ने छ । राष्ट्रिय सभा सदस्यमा पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ एवं प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरिएको छ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
12°C
Kathmandu
few clouds
12° _ 12°
58%
1 km/h
मंगल
27 °C
बुध
29 °C
बिहि
29 °C
शुक्र
28 °C
शनि
21 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ