Ad imageAd image

चिसो छल्न रारा आइपुगे ३ सय ९२ पाहुना चरा (फोटोफिचर)

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौे । चिसो छल्न रारा आएका पाहुना चराहरूको गणना गरिएको छ । रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपाल कै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराहरूको गणना गरेको हो । 

गणना कार्यमा निकुञ्जका कर्मचारी,नेपाली सेना,मध्यवर्ती समितिका पदाधिकारी र स्थानीयहरूको सहयोग सहभागिता रहेको थियो ।

चरा गणना गर्न निकुञ्जले ४ वटा समूह बनाएर चराहरूको सधैँ बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउँहरूमा खटाइ सोमबार  बिहान ९  बजे देखि ११ बजेसम्म गणना गरिएको रारा राष्ट्रिय  निकुञ्ज कार्यालय मुगुका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी गराउनु भयो ।

चार वटै टोलिले ल्याएका चराहरूको सङ्ख्या,प्रजातिहरूलाई छुटाउँदा यो मौसममा साइबेरिया,मानसरोवरबाट चिसो छल्न  सोमबारसम्म कोम्मोन कोड (मरुल) १७८,टुप्टेड डक (कालिजुरे हास) ८१,खोया हास ३,हरियो टाउके हास १,सुनजुरे हास ११७ र सिउरी डुबुल्के हास १२ गरि कुल ३९२ पाहुना चरा रारा आएको पाइएको वरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताउनु भयो ।

- Advertisement -
Ad imageAd image

घिमिरे कै अनुसार चिसो छल्न सयौँ चराहरू कयौँ माइलको यात्रा गर्दै रारा आउने क्रममा कयौँ चराको समूहबाट छुटेर,बाटो बिराएर,थाकेर  बाटोमै मृत्यु हुने गरेको र पुस,माघ महिनामा रारामा पुगेका पाहुना चराहरू  ४–५ महिनाको रारा बसाइ पछि फर्किने गरेको बताउनुभयो ।

चरा गणना २०१२ का अनुसार रारा राष्ट्रिय निकुञ्जमा २७२ प्रजातिका चराहरू पाइने एकिन गरिएको थियो भने यस मध्य ४९ प्रजाति चराहरू पानी चरा रहेका थिए ।

पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चराहरू रारा आउने गरेका हुन् ।

पाहुना चराहरू निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोयाहाँस, कपनकुट लगायतका ठाउँबाट प्रशस्त  देख्न सकिन्छ।

तालमा मिसिएका स–साना हिमखोलातिर पनि यी चराहरू उक्लिने गरेका छन्  ।  चराहरू राति बास बस्न ताल नजिकका ढुङ्गेओढार, रूखमा आउने गरेका छन् ।

मङ्सिर सुरु भएपछि राराको तालदेखि जङ्गल क्षेत्रमा विभिन्न प्रकारका ठुला–साना चराचुरुङ्गी देखिनुका साथै चिरबिर चिरविरको  आवाज सुनिने गरेको मुर्मा गाउँका स्थानीय नन्दसिङ्ग रोकायाले बताउनुभयो । 

प्रत्येक वर्ष विश्वका विभिन्न चिसो ठाउँहरूबाट चिसो छल्न रारामा विभिन्न प्रजातिका पाहुना चरा आउने गरेका छन् ।  कुन वर्ष कति पाहुना चरा आए भनेर निकुञ्जले चराहरूको गणना गर्ने गर्दछ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
light rain
21° _ 21°
92%
1 km/h
शुक्र
25 °C
शनि
26 °C
आइत
24 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ